सीबीआईले आपका नेता एवं दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियामाथि प्रारम्भीक छानविन थालेको छ । उनीमाथि मुख्यमन्त्री केजरीवालको सोशल क्याम्पेनिङ ‘टक टु एके’मा नियम उल्लंघन र अनियमितताको आरोप छ ।
आमआदमी पार्टी सरकारका अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सौम्या जैनलाई दिल्ली सरकारको मोहल्ला क्लिनिक प्रोजेक्टको सल्लाहकार नियुक्त गरेकोमा पनि सीबीआईले छानविन थालेको छ ।
आफ्ना नेताहरुमाथि छानविन थालेपछि आक्रोसित बनेका केजरीवालले मोदीविरुद्ध लगातार ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘वाह रे मोदीजी । घुस खाने आफू, मुद्दा हामीमाथि । चोरी अनि, सिनाजोरी ।’
उनले गोवा र पञ्जाबमा हार्ने भएपछि सीबीआईको गेम सुरु गरेको आरोप पनि मोदीमाथि लगाएका छन् । उनले अर्को ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि मोदीजी बिल्कुल पागल छन् देशको प्रधानमन्त्री एक मात्र काम गरिरहेका छन् । हात धोएर पछि लागेका छन् ।’
No comments:
Post a Comment