आधुनिक भागदौड र तनावपूर्ण जीवनमा अनेक समस्याका कारण मानिसको टाउको दुख्ने गर्छ । टाउको दुखाइ एसिडिटी, रुघाखोकीदेखि लिएर टेन्सन, टाउकाको ट्युमर तथा विभिन्न किसिमका स्नायुरोगका कारणबाट हुने गर्छ ।
यस किसिमका टाउको दुखाइहरू कुनै हल्का किसिमका हुन्छन् भने कुनै निकै कडा किसिमका । मानिसको दैनिक जीवनलाई नै प्रभावित पार्ने यस्तै एक भयंकर टाउको दुखाइसम्बन्धी रोग हो, माइग्रेन (अर्धशिरोवेधना) ।
माइग्रेन एक प्रकारको स्नायु भास्कुलर रोग हो । पुरुषको तुलनामा तेब्बर महिलाहरू यसबाट पीडित हुने गर्छन् । हालैको एक अध्ययनअनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेको तथ्य प्रकाशमा आएको छ ।
माइग्रेन रोग महिलाको रोग हो । किशोरकिशोरी, नवयुवा तथा युवाको रोग हो । किनभने यो रोग प्रायः किशोरावस्था तथा युवावस्थामा सुरु हुन्छ र बढी महिलालाई हुन्छ । किशोरावस्थामा सुरु भएको माइग्रेन प्रायः ४० वर्षतिर हराउ“छ । तर पछि सुरु भएको माइग्रेन ५०, ५५ वर्षसम्म पनि रहन्छ । तर यो रोग ४० वर्षपछि बिरल्लै देखा पर्छ ।
माइग्रेनको प्रमुख लक्षण असहनीय टाउको दुखाइ हो । यस्तो दुखाइ प्रायः टाउकाको आधा भागमा, खासगरी बाया“तर्फ, कन्चट र निधारमा हुन्छ । दुखाइस“गै वाकवाकी हुने, उल्टी होला जस्तो हुने, उल्टी हुने तथा चक्कर लाग्ने जस्ता लक्षण देखा पर्न सक्दछ ।
माइग्रेनको दुखाइ मध्यमदेखि लिएर निकै भयंकर खालको हुन्छ । कतिपयलाई माइग्रेनको दुखाइ यति पीडादायक हुन्छ कि रोगी दैनिक कार्य गर्न पूर्ण असमर्थ हुन्छ । बन्द कोठामा, एकान्तमा बस्न रुचाउ“छ । माइग्रेन भएको बेला रोगीले भोजन गर्न, टीभी हेर्न, म्युजिक सुन्न तथा होहल्ला मन पराउँदैन ।
- .क्लासिक माइग्रेन
- .कमन माइग्रेन
- .कम्पिलिकेटेड माइग्रेन
- . ट्रिगरको पहिचान र त्यसको त्याग ।
- . उचित औषधिको सेवन ।
- . उचित जीवनशैली तथा व्यायाम ।
- . माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योगा . सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम
- . एक्युपन्चर तथा एक्युप्रेसर ।
- . रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह ।
- . बिहान उठेपछि एक गिलास पानीमा एक चम्चा मह हालेर पिउने वा दुई गिलास पानी पिउने र दिसापिसाब गरेपछि तिलको तेलले सम्पूर्ण शरीर तथा टाउको आरामसँग मज्जाले मालिस गर्ने । अनि नुहाउने ।
- . खुल्ला, शान्त र हावा खेल्ने ठाउँमा आरामले बसेर १० देखि १५ मिनेट अनुलोम विलोम प्राणायाम, गर्मीमा पाँचदेखि १० पटक शीतली प्राणायाम गर्ने । त्यसपछि आधादेखि एक मिनेट अर्धशीर्षासन तथा मत्स्यासन गर्ने । अनि पाँच/पाँच पटक ब्रह्मा मुद्रा तथा गर्धन, कान, कञ्चट तथा अनुहारको मालिस गर्ने । अन्त्यमा भिज्युलाइजेसनमा आधारित वि श्राम ध्यान गर्ने ।
- . माइग्रेनको ट्रिगर पहिचान गरी त्यसलाई हटाउने । जस्तो कि जुन कुरा खाँदा वा गर्दा माइग्रेन हुन्छ, त्यस्तो कुरा नखाने तथा नगर्ने । कोचीकोची नखाने, तर उपवास पनि नबस्ने । बिहान नास्ता गर्ने, ठीक मात्रामा खाना खाने, अपराह्न नास्ता र साँझ हल्का खाना खाने ।
- . अभिरुचिपूर्वक पढाइलेखाइ वा कार्यमा ध्यान दिने । मनलाई दह्रो बनाएर तथा आत्मबल बढाएर, हरेश नखाइकन माइग्रेन ठीक पार्ने प्रयास गर्ने । कतिखेर माइग्रेनको आक्रमण हुने हो भन्ने चिन्ता नगर्ने, टेन्सन नलिने । हिम्मत र साहसले माइग्रेनको मुकाबिला गर्ने । पौष्टिक आहार सेवन गरेर, दिनचर्या ठीक राखेर, प्राणायाम, योगासन तथा व्यायाम आदि गरेर आफूलाई शारीरिक तथा मानसिक रूपमा मजबुत बनाउने ।
- . तार्किक र सकारात्मक सोच राख्ने । यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा मूर्ख छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा सुन्दर वा कुरूप पनि छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा असल वा खराब पनि छैनन् । हरेक मानिसमा गुणहरू पनि हुन्छन्, अवगुणहरू पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन् । गुण नभएका राक्षस हुँदैनन् ।
- .माइग्रेनको आक्रमण हुने लक्षण देखा पर्यो भने वा भयो भने अँध्यारो कोठामा बसेर शीतली प्राणायाम तथा अनुलोम विलोम प्राणायाम गर्ने । अनि पाँच पटक लामो र गहिरो सास लिने र बरफको डल्लोले शिर दुखाइ भएको ठाउँमा हल्कासँग मालिस गरेको, मालिस गर्दा दुखाइ घट्दै गएको र केही बेरको मसाजपछि दुखाइ हटेको कल्पना गर्ने ।
- . स्कुल, कलेज वा कामबाट घर फर्किएपछि हातमुख, खुट्टा धुने वा नुहाउने र वि श्राम ध्यान गर्ने । अनि खजा खाने ।
- . घरमा पारिवारिक वातावरणलाई रमाइलो र प्रेमपूर्ण बनाउने । घरलाई टेन्सनमुक्त क्षेत्र बनाउने ।
- . रात्रि जागा नबस्ने । राति अबेरसम्म पनि नबस्ने । जुन भागतर्फ शिर दुखाइ हुन्छ, त्यसतर्फ कोल्टो नसुत्ने । सिरानी नराखी उत्तानो सुत्ने । राति सुत्नुपूर्व हातमुख तथा खुट्टा धुने, एक गिलास पानी वा एक गिलास दूधमा एक चम्चा घिउ हालेर पिउने । तिलको तेलले टाउको तथा हातखुट्टा मालिस गर्ने । नाकमा पाँच/पाँच थोपा बदामको तेल हाल्ने र वि श्राम ध्यान गर्दै गहिरो र मीठो निद्रा सवासनमा (उत्तानो) सुत्ने ।
No comments:
Post a Comment