Sunday, January 22, 2017

हिल्टन होटलका मालिक साहिललाई उन्मुक्ति

हिल्टन होटलका मालिक साहिललाई उन्मुक्ति

काठमाडौं, ४ माघ । नक्साभन्दा अलिकति दायाबाया गरे सर्वसाधारणको घरको नक्सा पास हुँदैन । तर, पैसावालाहरुलाई भने कुनै नियम लागु हुँदैन । पैसा बुझाएपछि महानगरपालिकाका कर्मचारीले जे पनि गरिदिन्छन् । नक्सालमा हिल्टन होटल बनाउन मापदण्डविपरीत खाल्डो खन्दा आधा सडक नै भासिएको घटनाले महानगरभित्र कति धेरै आर्थिक चलखेल हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । १० दिनदेखि भगवतीबहाल मन्दिरबाट प्रहरी मुख्यालयतर्फ जाने सडक नै बन्द छ । जसकारण नक्साल क्षेत्रको सडक दैनिक जाम हुने गरेको छ । एक व्यापारीको गल्ती र कर्मचारीको घुसमोहले हजारौं सर्वसाधारण मर्कामा परेका छन् । तर, होटल बनाउने व्यापारी शंकर ग्रुपका मालिक साहिल अग्रवाललाई भने कुनै कारबाही भएको छैन । अग्रवालले सडककै छेउमा होटलका लागि ५० मिटर गहिरो जग हाल्न खाल्डो खनेका थिए । जसकारण छेउछाउका घर समेत चर्किएका छन् । खाल्डोकै कारण क्राउन प्लाजा होटलसमेत चर्किएको छ । स्थानीयले जथाभावी खाल्डो खनेको भनेर उजुरी गर्दै आए पनि कसैले सुनुवाई गरेन । स्थानीयले महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई नै भेटेर उजुरी गरे पनि तामाङ कानमा तेल हालेर बसे । पछि एआईजी प्रतापसिंह थापालाई समेत गुनासो गरेका थिए । तर व्यापारीको पैसामा बिकेका कर्मचारी प्रहरीले जनताको गुनासो सुन्ने कुरा भएन । जसकारण सडकै भासियो । सडक भासिएपछि पनि सडक बनाउने सर्तमा उनीहरुलाई बिना कारबाही छाडिएको छ । बिश्वमा दोस्रो धेरै चेन होटल भएको हिल्टन होटल्र्स एण्ड रिसोर्टसँग मिलेर शंकर गु्रपले डबलट्री हिल्टन होटल बनाउन लागेको छ । ६ रोपनी जग्गामा ५ तारे होटल बनाउन ठाउँको अभाव हुँदा बेसमेन्टमा तीन तला पार्किङ बनाउन खोज्दा सडक नै भासिएको छ । मापदण्डविपरीत होटल बनाउन खोज्दा राजधानीको मूल सडक नै भासिदा पनि व्यापारी अग्रवाललाई कारबाही नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सडक भासिएकै दिन निर्माणमा संलग्न केही व्यक्तिलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेपनि दबाबको भरमा उनीहरुलाई छाडिएको थियो । हिल्टन र शंकर ग्रुपले एक अर्ब ८० करोड रुपैयाँको लगानीमा पाँचतारे होटल बनाउन लागेको हो

No comments:

Post a Comment