Thursday, January 19, 2017

भ्यालेन्टाइन

भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंमा फेसन शो

काठमाडौं । प्रेम दिबस अर्थात भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंमा फेसन शो हुने भएको छ । युवा पुस्तालाई फेसनप्रति जागरुक बनाउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा ३६ मोडलको सहभागिता हुने आयोजक बंशी खड्काले बताए । नेपाली फेसन उद्योगलाई बृहत बनाउन फेसन शो सहयोगी हुने आयोजक संस्थाको भनाई छ । ३६ मध्ये ६ जना पुरुष छन् भने ३० जना महिला । कार्यक्रमका लागि मोडल छनौट भैसकेको जानकारी दिँदै खड्काले भने ‘कार्यक्रम सभ्य र भब्य बनाउने तयारी भइरहेको छ’ । फेसन सेक्रेट शीर्षकमा हुने कार्यक्रममा अन्य विभिन्न उपाधि पाएका मोडलको समेत सहभागीता हुने भएको छ । केही दिन अघि एक कार्यक्रममा अडिसन मार्फत कार्यक्रमका लागि मोडल छानिएको थियो । छानिएका मोडललाई थप प्रशिक्षण दिने आयोजक संस्थाको योजना रहेको छ ।

No comments:

Post a Comment